Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

आगामी प्रतिनिधि सभा निर्वाचनमा...

काठमाडौं,०३ मंसिर । राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१...

मधेस प्रदेशका पूर्वसांसदसहित २...

जनकपुर,०३ मंसिर । मधेस प्रदेशका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीमा हाजिर भएका पूर्वसांसद...

प्रतिनिधि सभा विघटनविरुद्ध एमाले...

काठमाडौं,०३ मंसिर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा एमालेले औपचारिक रूपमा...

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

१३ लाखभन्दा बढी नगदसहित १४ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपालगन्ज, २३ असोज । नेपालगन्ज उपमहानगरपालिका–४ बाईपास रोडमा सञ्चालित मौरी रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई १३ लाख ६३ हजार ८०० रुपियाँ नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रेस्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठले सञ्चालन गरेको उक्त रेस्टुरेन्टको दोस्रो तलामा गोप्य रूपमा जुवातास खेल्ने कार्य भइरहेको सूचना पाएपछि बुधबार राति करिब साढे १२ बजे प्रहरीले छापा मारेको थियो।

प्रहरीले स्थलबाट दुई गड्डी खोलिएका र आठ गड्डी नखोलिएका तास, रातो र सेतो रंगका पर्दा दुई थान तथा नगद रकम बरामद गरेको जनाएको छ।

पक्राउ परेकामध्ये विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मोहम्मद सफिक बेहना, संगम शाह, मधुसूदन दाहाल, मेघराज गौतम, रमेश शाही, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन्।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको निर्देशनमा खटिएको टोलीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय नेपालगन्जका होटल, रेस्टुरेन्ट र निजी घरहरूमा जुवातास खेल्ने प्रवृत्ति बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले निगरानी र कारबाहीलाई कडाइ गरेको छ। “जुवातास सामाजिक अपराध हो। यसले समाजमा अनुशासन, शान्ति र सद्भावमा असर पार्ने भएकाले प्रहरीले यसलाई नियन्त्रणमा ल्याउन विशेष अभियान सञ्चालन गरेको छ,” डीएसपी पातलीले भने।

प्रहरीले नागरिकलाई यस्ता अवैध गतिविधिबाट टाढा रहन र जानकारी भएमा तुरुन्त प्रहरीलाई सूचित गर्न आग्रह गरेको छ।

ताजा समाचार

थप समाचार