Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

गगन थापाले कांग्रेस महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी महाधिवेशनलाई लिएर महत्त्वपूर्ण प्रस्ताव राखेका छन् ।

उनले हाल जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा आगामी मंसिरमै पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । महामन्त्री थापाले यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशनको माग गर्दै ४० प्रतिशत हस्ताक्षर सङ्कलन गरिरहेको दाबी गरिएको थियो। तर, उनले अब विशेषको सट्टा नियमित महाधिवेशनमै जानुपर्ने मौखिक प्रस्ताव राखेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

महाधिवेशनको मुख्य बाधाका रूपमा रहेको क्रियाशील सदस्यताको विषयमा पनि महामन्त्री थापाले धारणा राखेका छन्। उनले केन्द्रीय समितिको बैठकपछि एक हप्ताभित्र क्रियाशील सदस्यताको टुङ्गो लगाउन सकिने विश्वास व्यक्त गरे । सभापति शेरबहादुर देउवा अनुपस्थित रहेपछि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक जारी छ।

अहिलेसम्म बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीहरू बद्री पाण्डे, महेन्द्र यादव, उमाकान्त चौधरी र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतले आफ्नो धारणा राखिसकेका छन् ।

ताजा समाचार

थप समाचार