spot_img

हमासले छाड्न लागेको २० जनाको सूचीमा नेपाली विपिन जोशीको नाम छैन

spot_img
spot_img

काठमाडौं,२४ असोज । इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि मुक्त गराइने २० जना युद्धबन्दीको नामावली सार्वजनिक भएको छ। तर, उक्त सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम भने समावेश छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र छाडिने भनिएका सबै २० जना इजरायली नागरिक हुन्। उनले भने, “हमासले छाड्ने सूचीमा विपिनको नाम छैन। अहिले पनि उनको अवस्थाबारे ठोस जानकारी प्राप्त भएको छैन।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न गत बिहीबार युद्धविराममा सहमति भएको थियो। उक्त सहमतिअनुसार पहिलो चरणमा हमासले नियन्त्रणमा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने बताइएको छ।

विपिन जोशी इजरायलको किबुत्ज शहरमा गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए, भने हमास लडाकुहरूले विपिनलाई साथमै लिएर गएका थिए।

सन् २०२३ नोभेम्बर १७ मा विपिनलाई गाजा क्षेत्रको अल–शिफा अस्पतालमा देखिएको पुष्टि भएको थियो, तर त्यसपछि उनको अवस्थाबारे कुनै नयाँ सूचना आएको छैन।

राजदूत पण्डितका अनुसार उनी निरन्तर इजरायली अधिकारीहरूसँग सम्पर्कमा छन् र विपिनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ। “अहिलेसम्म उनको जीवन वा मृत्युबारे कुनै पुष्टि भएको छैन,” उनले भने, “तर हामी आशावादी छौं कि चाँडै स्पष्ट जानकारी प्राप्त हुनेछ।”

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार इजरायलतर्फबाट विपिनको ‘जुनसुकै अवस्था’को खबर आउनसक्ने सूचना प्राप्त भएको छ र परिवारलाई त्यसका लागि तयार रहन आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय