spot_img

धादिङमा बस–टिपर ठोक्किँदा ११ जना घाइते

spot_img
spot_img

धादिङ, २४ असोज । धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहानी करिब ९ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन्। घाइतेहरूलाई उद्धार गरी स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको छ। सबै घाइते मध्यमदेखि सामान्य अवस्थामा रहेका छन्।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ। बस र टिपर हटाइसकिएको छ र सडक संचालन भइरहेको छ। थप अनुसन्धान जारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय