Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

यातायात कार्यालयमा आगलागीपछि नयाँ सवारी चालक अनुमतिपत्र आवेदन ठप्प, प्रणाली तिहारपछि चल्ने तयारी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ असोज । गत भदौमा भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था कार्यालयमा आगजनी हुँदा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदन प्रक्रिया ठप्प भएको छ। आगलागीबाट २२ हजारमध्ये करिब १८ हजार लाइसेन्स जलेको विभागको अनुमान छ भने ३ हजार मात्र सुरक्षित फेला परेको छ।

यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार, प्रणाली नचल्दा यकिन तथ्यांक थाहा पाउन सकिएको छैन। जलेका वा हराएका लाइसेन्सको लागि मुचुल्का उठाएर सेवाग्राहीलाई निःशुल्क पुनःप्रिन्ट गर्ने योजना छलफलमै छ।

विभागले साउनसम्म उत्पादन भएका ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेटमध्ये करिब ६ लाख १९ हजार प्लेट आगलागीमा नष्ट भएको जनाएको छ। बाँकी सुरक्षित प्लेट मात्र विभिन्न प्रदेश कार्यालयमा पठाइएको थियो।

- Advertisement -

महानिर्देशक राजीव पोखरेलका अनुसार, प्रणाली तिहारपछि सञ्चालनमा आउने छ। प्रारम्भमा नयाँ लाइसेन्सको आवेदन खुलाउने प्रणाली सुरु गरिने र क्रमशः पूर्ण सेवा दिइने योजना छ।

अहिले ४२ वटा यातायात कार्यालयमा लाइसेन्ससम्बन्धी सेवा ठप्प छ। विभागले आवश्यक उपकरण र डिभाइसको खरिद गरी चार–पाँच महिनाभित्र प्रणाली पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

ताजा समाचार

थप समाचार