बीरगन्ज,२४ असोज । लामो समयको अभावपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एन्टी–रेबिज भ्याक्सिन आएको छ। अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार करिब तीन महिनापछि चार सय भाइल भ्याक्सिन अस्पतालमा पुगेको छ।
प्रत्येक भाइलमा तीन डोज हुने हुँदा करिब चार सय जनाले भ्याक्सिन सेवा प्राप्त गर्न सक्नेछन्। डा. सिंहले बताएअनुसार अस्पतालमा दैनिक सरदर १०–१५ जना कुकुर वा बिरालोको टोकाइबाट भ्याक्सिनका लागि आउने गरेका थिए।
हाल उपलब्ध भ्याक्सिनले करिब एकदेखि डेढ महिनासम्मको माग धान्ने अनुमान गरिएको छ। नारायणी अस्पतालमा लामो समय भ्याक्सिनको अभाव हुँदा स्थानीय जनतामा समस्या देखिएको थियो।




