बीरगन्ज,२४ असोज । बीरगन्ज–पथलैया सडक खण्डअन्तर्गत गण्डक चौकमा आज बिहान मिनी बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पथलैयाबाट बीरगन्जतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २३४५ नम्बरको मिनी बस बिहान करिब ११:३० बजे दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार, बसले तिव्र गतिमा रहेको मोटरसाइकल जोगाउने प्रयास गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते दुई जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि बीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।





