काठमाडौं,२४ असोज । भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनका क्रममा भएका आगजनी घटनामा नष्ट भएका करिब १५ हजार विद्यार्थीका उत्तरपुस्तिकाका लागि सीटीईभीटीले पुनः परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन गर्ने भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सदस्यसचिव महेश भट्टराईका अनुसार, विभिन्न प्रहरी कार्यालयहरूमा सुरक्षित राखिएका उत्तरपुस्तिकामध्ये १५ हजारभन्दा बढी जलेर नष्ट भएका कारण सो परीक्षा दोहोर्याउने निर्णय गरिएको हो।
उनले जानकारी दिए अनुसार बागमती प्रदेशका १५ र कोशी प्रदेशका ५ गरी २३ वटा परीक्षा केन्द्रका उत्तरपुस्तिका क्षतिग्रस्त भएका छन्। यी सबै केन्द्रका परीक्षार्थीका लागि पुनः परीक्षा एकै चरणमा सञ्चालन गरिने तयारी भइरहेको उनले बताए।
सीटीईभीटीका अनुसार आगलागीमा डिप्लोमा र प्रि–डिप्लोमा तहका उत्तरपुस्तिकाहरू जलेका हुन्। परीक्षा केन्द्रहरूको सूची र समयतालिका चाँडै सार्वजनिक गरिने बताइएको छ।



