Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

“बीरगन्जमा असोज मसान्तदेखि स्वीकृत बाहेक कर्मचारी काममा नलगाइने”

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ असोज । बीरगन्ज महानगरपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको म्याद नथाप्ने निर्णय गरेको छ। स्वीकृत दरबन्दी बाहेकका यी कर्मचारीहरू असोज मसान्तदेखि काममा नियुक्त हुन पाउने छैनन्।

महानगरपालिकाले यो कदम नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय, अर्थ मन्त्रालयको परिपत्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विज्ञप्तिलाई आधार बनाएर चालिएको जनाएको छ।

महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णले २०८२ असोज २१ गते निर्णयानुसार सार्वजनिक सूचना जारी गर्दै अस्थायी प्रकृतिका कर्मचारीहरूलाई असोज मसान्तपछि काममा नलगाउन निर्देशन दिएका छन्।

- Advertisement -

सरकारले २०८२ असोज ५ गते विभिन्न सरकारी निकायमा अनावश्यक रूपमा राखिएका अस्थायी कर्मचारी हटाउने र प्रशासनिक खर्च घटाउने नीति लिएको थियो। त्यसैअनुरूप अर्थ मन्त्रालयको असोज ७ गतेको परिपत्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको विज्ञप्तिले निर्णयको कार्यान्वयन थप स्पष्ट पारेको छ।

अब सरकारी निकायहरूले स्थायी दरबन्दी बाहेकका अस्थायी कर्मचारीहरूलाई निरन्तरता दिन नपाउने स्थिति स्पष्ट भएको छ।

ताजा समाचार

थप समाचार