spot_img

उत्तेजना र प्रतिशोधभन्दा माथि उठेर अघि बढौँ : रमेश लेखक

spot_img
spot_img

काठमाडौं,२४ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखकले अहिलेको राजनीतिक परिस्थितिमा उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले भने, “जेनजी पुस्ताले जे माग उठाउनुभएको छ, ती मागलाई बुझेर लोकतन्त्रको मूल्य र मान्यतालाई आधार मानेर अघि बढ्न जरुरी छ।”

जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका लेखकले मुलुकमा विधिको शासन स्थापित गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

उनले थपे, “अहिले उत्तेजित हुनु, आग्रहपूर्वाग्रह वा प्रतिशोधमा लाग्नुको सट्टा लोकतान्त्रिक मूल्य र जनताको विश्वास कायम राख्दै काम गर्न जरुरी छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय