Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

मधेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने वातावरण बनाउन पत्राचार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२४ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभालाई पत्र पठाउँदै २८ असोजमा विश्वासको मत लिन सहज वातावरण सुनिश्चित गर्न अनुरोध गरेका छन्।

सिंहले प्रदेश सभाका सचिवलाई सम्बोधन गर्दै संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन पत्रमार्फत आग्रह गरेका हुन्।

गत भदौ २३–२४ को जेनजी आन्दोलनका समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर अन्तरिम सरकार गठनपछि उनले स्थिति अनुसार आफ्नो निर्णय फेरिएका थिए। उनले राजीनामाको समयमा फेसबुकमार्फत जनधनमा कुनै क्षति नहोस् भनेर यस्तो कदम उठाएको बताएका छन्।

सिंहले पार्टीको समर्थन फिर्ता लिइसकेपछि, जनमत पार्टीले भदौ ३१ मा प्रदेश सभामा सभामुखलाई पत्र बुझाउँदै मुख्यमन्त्री र मन्त्रीहरूको समर्थन फिर्ता लिएको जानकारी दिएको थियो। संविधानअनुसार, त्यस्तो पत्र प्राप्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

उक्त परिस्थितिमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमतका ५८ सदस्यहरूले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा बुधबार बुझाइसकेका छन्।

ताजा समाचार

थप समाचार