Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलहरूलाई पूर्ण रूपमा केन्द्रित हुन आग्रह गरेका छन् । उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि निष्पक्ष र भयरहित निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् ।

शुक्रबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले चुनावलाई जनताको विश्वास र लोकतान्त्रिक स्थायित्वको आधार भन्दै सरकारलाई शान्ति–सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।
“स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतान्त्रिक प्रणालीको मेरुदण्ड हो। त्यसैले नागरिकमा विश्वास जगाउने र भयरहित वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकारले वहन गर्नुपर्छ,” उनले भने ।

बैठकमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूले पनि लोकतान्त्रिक अभ्यासप्रतिको प्रतिबद्धता दोहोर्याउँदै निष्पक्ष र पारदर्शी निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार सक्षम हुनुपर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा बोल्दै दलहरूको सक्रिय सहभागिताविना निर्वाचन सम्भव नहुने स्पष्ट पारिन् । उनले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न शान्ति–सुरक्षाको आवश्यक तयारी थालिएको बताइन् ।
“परिवर्तनलाई स्वीकार गर्दै लोकतान्त्रिक मूल्य र जनविश्वास कायम राख्न सबै दलको सहकार्य अपरिहार्य छ,” प्रधानमन्त्री कार्कीले भनिन् ।

सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी थिए । नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, नेकपा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल र विपिन आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र मिना लामा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र घनश्याम भुषाल लगायतका नेताहरू उपस्थित थिए ।

बैठकले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राजनीतिक सहकार्य, सुरक्षा संयन्त्र सुदृढीकरण र जनविश्वास निर्माणका उपायहरूमा साझा प्रतिबद्धता जनाएको बताइएको छ ।

ताजा समाचार

थप समाचार