Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

मधेस प्रदेशका पूर्वसांसदसहित २...

जनकपुर,०३ मंसिर । मधेस प्रदेशका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीमा हाजिर भएका पूर्वसांसद...

प्रतिनिधि सभा विघटनविरुद्ध एमाले...

काठमाडौं,०३ मंसिर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा एमालेले औपचारिक रूपमा...

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

पर्सा र बारामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सुरु हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ असोज । पर्सा र बारामा हैजा तथा झाडापाखालाको प्रकोप अझै नियन्त्रणमा नआएपछि असोज २६ गतेदेखि हैजाविरुद्धको खोप अभियान सुरु गर्न लागिएको छ। डेढ महिनाअघि भदौ ६ गतेदेखि फैलिएको महामारीका कारण अहिले पनि वीरगञ्जका अस्पतालहरूमा बिरामीको उपचार जारी छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा करिब ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिइनेछ।
“एक वर्ष उमेर माथिका सबै व्यक्तिहरूलाई यो खोप दिइनेछ,” ठाकुरले बताए।

अभियानका लागि जिल्लाभर १ हजार ९५० खोप केन्द्र स्थापना गरिनेछ। यी केन्द्रहरू पालिका कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, कलेज, मन्दिर, मस्जिद, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग क्षेत्रलगायत स्थानमा सञ्चालन गरिने जनाइएको छ।

खोप वितरणका लागि १ हजार ५४४ महिला स्वास्थ्य स्वयंसेविका र ३५० स्वास्थ्यकर्मी गरी कुल १ हजार ८९४ जनशक्ति परिचालन गरिनेछ।

यससँगै बाराका १६ मध्ये ६ पालिकामा पनि हैजा खोप अभियान सुरु हुने भएको छ। ती पालिकामा कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका रहेका छन्।

सरकारले अभियानका लागि १० लाख १८ हजार १ सय डोज खोप आयात गरिसकेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार हैजा प्रभावित क्षेत्रसँगै जोखिमयुक्त स्थानमा पनि यो खोप अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार