Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

बारामा माटोको ढिस्कोमा पुरिँदा दुईको मृत्यु, ६ जना घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२५ असोज ।बाराको सिम्रौनगढमा शनिबार माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानीटंकी नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिम्रौनगढ– ६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन् । उनिहरुको उद्वार गरेर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

घटनामा अरु ६ जना घाइते छन् । घाइते हुनेमा सिम्रौनगढ– ६ कै १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।

- Advertisement -

घाइतेहरुको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्को खसेको हो । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो ।

ताजा समाचार

थप समाचार