spot_img

शिक्षक नियुक्तिमा घुस लिँदै प्रधानाध्यापकसहित दुई जना पक्राउ

spot_img
spot_img

रौतहट, २५ असोज । रौतहटको देवाही–गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति उनको घरबाट उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार प्रधानाध्यापक साहले विद्यालयमा शुक्रबार हुने माध्यमिक तह (द्वितीय) विज्ञान शिक्षक नियुक्ति परीक्षा पास गरिदिने शर्तमा एक शिक्षकसँग करिब साढे चार लाख रुपैयाँ घुस मागेका थिए। रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि अख्तियारको फन्दामा परेका छन्।

सूचनाको आधारमा वीरगञ्जका एक शिक्षकले परीक्षा फारम भरेको व्यक्तिसँगै रकम मागिएको पत्ता लाग्दा अख्तियारको टोलीले वीरगञ्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्द प्रकाश साहलाई रंगेहात पक्राउ गरेको थियो। त्यसपछि टोली धरहरी पुगेर प्रधानाध्यापक साहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ। रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि अनुसन्धानका लागि प्रधानाध्यापक काठमाडौँ लगिएको पुष्टि गरेका छन्। उनले भने, “शिक्षक नियुक्ति प्रक्रियामा घुस लिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ, ठ्याक्कै विवरण अनुसन्धानपछि मात्र सार्वजनिक हुनेछ।”

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय