spot_img

रक्सौलबाट पटाका ल्याउँदै गरेको कार बीरगन्ज भन्सार नाकामा पक्राउ

spot_img
spot_img

बीरगन्ज,२५ असोज । भारतको रक्सौलबाट पटाका लिएर आउँदै गरेको बा १२ च ३१०३ नम्बरको कार बीरगन्ज  भन्सार नाकामा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। कारबाट करिब ५० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न ब्राण्डका ९ कार्टुन पटाका बरामद भएका हुन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, भन्सार गेट अगाडिको सडकमा नियमित चेकजाँचको क्रममा कार रोक्न खोज्दा चालक कार छोडेर फरार भएका थिए। त्यसपछि प्रहरीले कारभित्र खानतलासी गर्दा पटाका फेला परेको थियो। बरामद पटाकालाई शुक्रबारै खाल्डोको पानीमा डुबाएर नष्ट गरिएको छ।

बरामद कारको मूल्य १८ लाख रुपैयाँ अनुमान गरिएको छ र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय