Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

राष्ट्रपति पौडेल स्वास्थ्य समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

शीतल निवासमा ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूसँगको वार्ताका क्रममा अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि राष्ट्रपतिलाई तत्काल अस्पताल लगिएको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिइन्।

उनका अनुसार चिकित्सकको निगरानीमा राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य छ। स्वास्थ्य स्थिर रहेपछि सोमबार ‘जेनजी’ प्रतिनिधिसँग पुनः वार्ता गर्ने तयारी गरिएको बताइएको छ।

राष्ट्रपति पौडेलको अनुपस्थितिमा शनिबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिसँग छलफल जारी राखेकी छन्। यसअघि, राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्री र प्रमुख दलका नेतासँग फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारीबारे परामर्श गरेका थिए।

वार्ता स्थगित भएपछि केही जेनजी समर्थकहरूले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए।

ताजा समाचार

थप समाचार