Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

फागुन २१ को चुनाव लक्ष्य बनाएर जनमत पार्टी चुनावी मोडमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ असोज । डा. सिके राउत नेतृत्वको जनमत पार्टी आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका तयारीमा सक्रिय भएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सम्पूर्ण संगठनलाई चुनावमुखी बनाउने निर्णय गरेको हो।

बैठकमा पार्टी उपाध्यक्ष नरेन्द्र चौधरीले जनमत पार्टीले पहिलो चरणमा जेनजी पुस्तालाई मतदाता नामावलीमा नाम लेखाउन प्रेरित गर्ने अभियान सञ्चालन गर्ने जानकारी दिए। उनका अनुसार पार्टीका कार्यकर्ताहरू गाउँ–गाउँमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्नेछन्।

“जति धेरै जेनजी पुस्ताको नाम मतदाता सूचीमा समावेश हुन्छ, त्यति नै प्रभावकारी सहभागिता सुनिश्चित हुन्छ,” चौधरीले भने।बैठकले निर्वाचन आयोगको विभिन्न जिल्ला कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय पनि गरेको छ, जसबाट नाम लेखाउने क्रममा असहज हुनेहरूलाई सहयोग पुर्‍याइनेछ।

- Advertisement -

त्यसैगरी, पार्टीले हरेक मतदान केन्द्रमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न जेनजी बुथ कमिटी गठन गर्ने निर्णय पनि गरेको छ। यी कमिटीहरूले आगामी निर्वाचनका लागि प्रचार, मतदाता परिचालन र संगठन सुदृढीकरणमा भूमिका निर्वाह गर्नेछन्।

पार्टी स्रोतका अनुसार जनमत पार्टीले हालै जेनजी जनमत संघ गठन गरी चुनावी तयारीलाई तीव्रता दिएको छ।

यसैबीच, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असोज २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सो भेटमा मधेस प्रदेशमा कांग्रेस र एमालेलाई साथ दिएर सरकार गठन गर्ने सम्भावनाबारे छलफल भएको जनमत पार्टी स्रोतले जनाएको छ।

हाल मधेस प्रदेशमा जनमत पार्टीकै नेतृत्वमा सरकार गठन भएको छ, तर नयाँ राजनीतिक समीकरणका संकेतका बीच पार्टी चुनावी रणनीति तय गर्न व्यस्त देखिएको छ।

ताजा समाचार

थप समाचार