काठमाडौं,२५ असोज । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई सम्भावित मुठभेडबाट जोगाउन सबैलाई आग्रह गरेका छन्। शनिबार फेसबुकमार्फत आफ्नो संदेश साझा गर्दै नेता शर्माले शान्ति र वैधानिकताको स्थापनामा योगदान दिन आह्वान गरेका हुन्।
उनका अनुसार, विभिन्न दलका नेताहरूको अभिव्यक्ति र जेनजी पुस्ताबाट आएका संकेतका कारण देश मुठभेडतर्फ धकेलिन सक्ने आशङ्का देखिएको बेला यस्तो अभिव्यक्ति आएको हो।
शर्माले भनेका छन्, “राष्ट्र भन्दा ठुलो केही छैन। अहिले मुठभेड हुने वा गर्ने दिशामा होइन, शान्ति र वैधानिकता स्थापित गर्ने दिशामा योगदान गरौँ।”

साथै उनले जनभावना सम्बोधन गर्न र राष्ट्रको रक्षा गर्न व्यक्तिगत रुपमा के–के छोड्नुपर्ने हो त्यसका लागि आफैँ तयार रहन सबैलाई आग्रह गरेका छन्।




