Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

पर्साबाट ५ किलो गाँजासहित दुई जना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ असोज । पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले आज दिउँसो ३ः२० बजे ५ किलोग्राम गाँजा बरामद गरेको हो। नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूले शरीरभित्र र मोटरसाइकलको सिटमुनि गाँजा लुकाएका थिए।

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ बस्ने करिब २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ बस्ने करिब १९ वर्षीय गौत्तम पटेल रहेका छन्। उनीहरूको साथबाट गाँजासहित मोटरसाइकल, मोबाइल, घडी र नगद २२० रुपैयाँ पनि बरामद भएको छ। दुवैलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार