spot_img

चार ठूला जलविद्युत् आयोजना निर्माणका लागि २० अर्बको उर्जा ऋणपत्र जारी गर्ने तयारी

spot_img
spot_img

काठमाडौं,२५ असोज । नेपाल विद्युत प्राधिकरणले चार ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउन २० अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

अस्ति बिहीवारको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न चरणबद्ध रूपमा उर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो। यस निर्णयसँगै प्राधिकरणले अब प्रक्रिया सुरु गर्न लागेको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार ऋणपत्र जारी गरेर लगभग १,१०० मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण हुनेछ। त्यस्तै, १०० मेगावाट क्षमताको तामाकोशी–५, २१० मेगावाट क्षमताको चैनपुर सेती र ४२ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजनाका लागि पनि ऋणपत्र जारी गरी लगानी जुटाइनेछ।

सिलवालले भने, “उर्जा ऋणपत्र आवश्यकताका आधारमा जारी हुनेछ। हाल दातृ निकायहरूलाई समावेश गर्ने योजना छैन र बैंकहरूबाट प्रस्ताव माग गरी लगानी जुटाउने तयारी गरिएको छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय