Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

जेनजी प्रतिनिधिको आह्वान: सबै मिलेर निर्वाचनमा भाग लिऔँ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ असोज । जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल र तह–तप्कालाई सक्रिय रूपमा भाग लिन आह्वान गरेका छन्।

राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको मूल आधार भएको बताउँदै सबै दल र जनप्रतिनिधिले सक्रिय सहभागिता जनाउनुपर्ने बताए।

जेनजी प्रतिनिधि मिराज ढुङ्गानाले भने, “निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। निर्वाचनमार्फत जनप्रतिनिधि चयन हुन्छ, त्यसैले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित हुनुपर्छ। सबै दलहरू सहभागी हुनुहोस्, निष्पक्ष प्रतिष्पर्धा हुन दिनुहोस्, नयाँ शक्ति उदाउने अवसर दिनुहोस्।”

- Advertisement -

ढुङ्गानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई नेतृत्व दिएका व्यक्तिहरूको योगदान समावेश गर्नुपर्ने कुरा पनि स्पष्ट पारे।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा राजनीतिक दलका नेताहरू र सरकारबीच निर्वाचनको वातावरण सुरक्षित राख्न तथा शान्ति र सुरक्षा सुनिश्चित गर्न छलफल भएको थियो। छलफलमा राजनीतिक दलहरूले शान्तिपूर्ण निर्वाचनका लागि वातावरण तयार गर्नुपर्ने जोड दिएका थिए भने सरकारका तर्फबाट सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरिएको थियो।

ताजा समाचार

थप समाचार