spot_img

सुनसरीमा गोली हानी चालकको हत्या

spot_img
spot_img

सुनसरी,२६ असोज । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मन्या टोलमा शनिबार साँझ एक व्यक्तिको गोली हानी हत्या गरिएको छ। मृतक स्थानीय ४७ वर्षीय दिनेश चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार चौधरीलाई मोटरसाइकलमा आएका युवाहरूको समूहले लक्षित गरी गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोली लागेर गम्भीर घाइते भएका चौधरीको केही बेरमै घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीयवासीका भनाइअनुसार चौधरी पेशाले सफारी गाडीका चालक थिए र उनी नियमित रूपमा सो सडक हुँदै घर फर्किँदै थिए। त्यही क्रममा अज्ञात समूहले नजिकैबाट गोली प्रहार गरेको बताइएको छ।

घटनापछि आक्रमणकारीहरू मोटरसाइकलमै फरार भएका छन्। प्रहरीले घटनास्थलबाट एक थान खोका र रगतले माखिएको कपडा बरामद गरेको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजन चापागाईंले गोली प्रहारमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सीसीटीभी फुटेज संकलन र आसपासका व्यक्तिहरूसँग बयान लिइँदै गरेको बताए।

उनका अनुसार, प्रारम्भिक रूपमा व्यक्तिगत विवाद वा पुरानो रिसइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ। तर घटनाको ढाँचा हेर्दा योजनाबद्ध आक्रमण पनि हुनसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय