Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

२०७९ को निर्वाचनको ढाँचामा तयारी गर्दै आयोग, फागुन २१ को चुनावका लागि स्रोत–साधन जुटाउने तयारी तीव्र

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असोज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्र गति दिएकाे छ। आयोगले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग गरिएका स्रोतसाधन, जनशक्ति र खर्चलाई आधार मानेर यस पटकको निर्वाचनको तयारी सुरु गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले बाह्य तथा आन्तरिक तयारी दुबै मोर्चामा काम गरिरहेको छ। “निर्वाचन मिति घोषणा भइसकेको छ र सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने आश्वासन दिएको छ,” उनले बताए, “२०७९ को अनुभव र तथ्यांकलाई आधार बनाएर आयोगले तयारी तीव्र बनाएको छ।”

२०७९ को निर्वाचनमा झण्डै ७ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो। त्यो समयमा प्रदेशसभा निर्वाचन पनि सँगै भएकाले खर्च बढी भएको आयोगको भनाइ छ। यस पटक प्रदेशसभा चुनाव नभएकाले बजेट केही कम हुने अपेक्षा गरिएको छ।

- Advertisement -

निर्वाचन तयारीका क्रममा आयोगले केन्द्रदेखि जिल्ला कार्यालयसम्म रहेका निर्वाचन सामग्रीको विवरण संकलन गरिरहेको छ। अघिल्लो निर्वाचनमा खरिद गरिएका मतपेटिका, मतपत्रका कागज, र अन्य सामग्रीमध्ये धेरै यस पटक पुनः प्रयोग गर्न सकिने स्थिति रहेको बताइएको छ।

हाल आयोगले ६१ प्रकारका सामग्रीमध्ये कुन विदेशबाट आयात गर्नुपर्ने हो भन्ने पहिचान गर्दै समयमै टेन्डर प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले मतदाता नामावली संकलन, दल दर्ता, कार्यालय विस्तार, प्रचारप्रसार, तालिम, मतदाता शिक्षा र मतगणनासम्मका कार्यहरूका लागि कार्यतालिका तयार गरी काम गरिरहेको छ। मतदाता नामावली संकलनका लागि ३० कात्तिकसम्म समय दिइएको छ।

अघिल्लो निर्वाचनमा देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका थिए। हालका लागि त्यही संख्या कायम छ, तर अन्तिम मतदाता नामावलीपछि आवश्यकतानुसार पुनरावलोकन गरिने आयोगले जनाएको छ।

२०७९ को निर्वाचनमा करिब २ लाख ४६ हजार जनशक्ति परिचालित गरिएको थियो। त्यस्तै, सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका थिए। साथै १ लाख १५ हजार म्यादी प्रहरी पनि भर्ना गरिएको थियो।

आयोगले यस पटकको निर्वाचनलाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यका साथ अघिल्लो अनुभव र खर्च विश्लेषणको आधारमा स्रोतसाधनको व्यवस्थापन अघि बढाइरहेको जनाएको छ।
“अघिल्लो पटक खर्च नभएकामध्ये २ अर्ब रुपैयाँ सरकारले फिर्ता पाएको थियो,” प्रवक्ता भट्टराईले भने, “यस पटकको निर्वाचन अझ व्यवस्थित र पारदर्शी बनाउने हाम्रो तयारी सोही दिशामा केन्द्रित छ।”

ताजा समाचार

थप समाचार