spot_img

पेट्रोलियम पदार्थबाट बीरगन्ज भन्सारले दुई महिनामा ११ अर्ब १८ करोड राजस्व उठायो

spot_img
spot_img

बीरगन्ज,२६ असोज । बीरगन्ज  भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्र ११ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अवधि भित्र कार्यालयले जम्मा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व उठाएको हो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको छ। कुल राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा २८ दशमलव ५६ प्रतिशत रहेको उनले बताए।

ज्ञवालीका अनुसार बीरगन्ज भन्सारको राजस्व मुख्यतः आयातमा निर्भर छ, जसमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान सबैभन्दा बढी छ। उनका अनुसार सवारीसाधन र तिनका पार्टपुर्जाबाट मात्र ६ अर्ब १४ करोड रुपैयाँ (१५ दशमलव ६८ प्रतिशत) राजस्व उठाइएको छ।

त्यस्तै, फलाम तथा फलामजन्य सामानबाट २ अर्ब ५४ करोड (६ दशमलव ४९ प्रतिशत) र कपडाबाट १ अर्ब ९८ करोड (५ दशमलव ०६ प्रतिशत) राजस्व प्राप्त भएको छ।

वीरगञ्ज भन्सार कार्यालयले यस आर्थिक वर्षको सुरुवाती दुई महिनामा अपेक्षाकृत सन्तोषजनक राजस्व संकलन गरेको बताउँदै प्रमुख ज्ञवालीले आगामी महिनाहरूमा राजस्व वृद्धिको लक्ष्य राखिएको जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय