Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

जेनजी अघि २ करोड रुपैयाँ ओसारिएको दाबीमा प्रचण्ड सचिवालयको आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले जेनजी आन्दोलन सुरु हुनुभन्दा अगाडि उनको निवासबाट ‘दुई करोड रुपैयाँ ओसारिएको’ भन्ने व्यापक चर्चाको कडा खण्डन गरेको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले उक्त चर्चालाई ‘तथ्यहीन, नियोजित र चरित्रहत्या गर्ने प्रकृतिको’ भएको बताउँदै प्रमाण पेस गर्न चुनौती दिएका छन्। नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक अन्तर्वार्तामा प्रचण्डको घरबाट जेनजी आन्दोलनको दुई दिनअघि दुई वटा ट्रकमा हालेर दुई करोड रुपैयाँ निकालिएको दाबी गरेपछि यो विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

तर, आचार्यले जारी गरेको प्रेस नोटमा ‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछौं’ भनिएको छ।

सचिवालयले कतिपय सञ्चार माध्यम र पत्रकारहरूले ‘कानुनी र नैतिक मापदण्डको अवमूल्यन गरी एकतर्फी, पूर्वाग्रही, उत्तेजनापूर्ण र असत्य विवरण’ प्रस्तुत गरेको भन्दै आपत्ति जनाएको छ। उनीहरूलाई संविधान, कानून र पत्रकार आचारसंहिता अनुसार तथ्य र स्रोतको विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरिएको छ।

सचिवालयले प्रचण्डको घरमा सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र उनलाई दिइएका ८ सुरक्षाकर्मीलाई गंगा दाहालको घरमा खटाइएको भन्ने आरोपलाई समेत अस्वीकार गरेको छ।

ताजा समाचार

थप समाचार