spot_img

सडक दुर्घटनामा निधन भएका समिरका परिवारमा आर्थिक सङ्कटमा

spot_img
spot_img

बीरगन्ज,२६ असोज । पर्साको सखुवा पर्सौनी गाउँपालिका–१, सिदपुर टोल निवासी समिर चौधरीको सडक दुर्घटनामा निधन भएपछि उनका परिवार आर्थिक सङ्कटमा परेको छ।

गत असोज १८ गते बीरगन्जबाट जीतपुर हुँदै घर फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोकिँदा गम्भीर घाइते भएका थिए। बीरगन्जको एलेस न्युरो अस्पतालमा उपचारपछि काठमाडौँ पठाइएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको थियाे।

मृतककी आमा बिस्मतिया देवीका अनुसार चौधरीको उपचारमा करीब ४ लाख रुपैयाँ खर्च भएको छ। अहिले उनको परिवार गम्भीर आर्थिक संकटमा परेको छ। घरमा मृतकको आमा बिस्मतिया देवी चौधरी,जेठा छोरा नन्दकिशोर चौधरी र एक बुहारी मात्र छन्। दुवै जना शारीरिक रूपमा अस्वस्थ छन् ।परिवारमा आम्दानीको कुनै श्राेतपनि छैन।

आमा विस्मतिया देवी चौधरीले भन्छिन्, “हामी बिहानदेखि बेलुकासम्म गाउँकै खेतबारीमा मजदुरी गरेर जसोतसो पेट पाल्दै आएका थियौं। छोरा बितेपछि ऋण र खर्चले थिचिएका छौं, कामक्रिया गर्न पनि पैसा छैन।” स्वर्गीय चौधरीको उपचारका क्रममा आफन्त र छिमेकीसँग ऋण लिई खर्च गरेको र अहिले त्यो रकम फिर्ता गर्न पनि नसक्ने अवस्था रहेको परिवारजनले बताएका छन्।

यसैबीच स्थानीय बासिन्दा र आफन्तहरूले चौधरी परिवारलाई सहयोगका लागि समाजका दयालु व्यक्ति, संघ–संस्था र स्थानीय निकायहरूलाई सहयोगको हात फैलाउन अनुरोध गरेका छन्। सहयोग गर्न इच्छुकहरूका लागि पीडित परिवारसँग प्रत्यक्ष सम्पर्क गरी सानो सहयोगले पनि ठूलो राहत पुर्‍याउन सकिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय