Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

श्रीनगर एग्रिटेकको आईपीओ सर्वसाधारणका लागि खुला

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असोज । श्रीनगर एग्रिटेक कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि आइतबारदेखि आईपीओ (प्राथमिक सेयर) खुला गरेको छ।

यसअघि कम्पनीले प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई सेयर वितरण गरिसकेको थियो। अब सर्वसाधारणका लागि खुला भएको यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आवेदन मेरोसेयर प्रणाली वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत दिन सकिनेछ।

कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। सोको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।
त्यसमध्ये उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फन्ड र कर्मचारीका लागि छुट्याएपछि बाँकी २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

- Advertisement -

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अवस्थित श्रीनगर एग्रिटेकले पशुपन्छी र माछाको दाना तथा आहार उत्पादन गर्दै आएको छ। कम्पनीले निकट भविष्यमा मासु प्रशोधन र शीत भण्डार स्थापना गर्ने लक्ष्य राखेको छ।

कम्पनीको हालको वित्तीय स्थिति अनुसार, असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा, प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा र सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ।

ताजा समाचार

थप समाचार