जनकपुर,२६ असोज । होत्तरीको बर्दिवास–११ खयरमारामा गत असोज १७ गते भएको बस दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले बीपी राजमार्ग बन्द गराएका छन्।
सर्लाहीको घारीबथानबाट काठमाडौं आउँदै गरेको बीपी यातायात प्रालिको ना ६ ख १४६४ नम्बरको बस दुर्घटनामा परेपछि ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। तर, बस सञ्चालक र यातायात व्यवसायी संघले समन्वय नगरेका कारण घाइतेको उपचार रोकिएको पीडित परिवारले आरोप लगाएका छन्।
भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा बर्दिवास–११ का गीता कुमारी विश्वकर्मा, छोरा हिरालाल, बुहारी बुद्धिमाया र भतिजी सुनिता उपचाररत छन्। त्यस्तै, बर्दिवास–१० का दिर्जमान गोले, श्रीमती निर्मला तामाङ, छोरी अस्मिता गोले र बर्दिवास–११ की बिना विसङ्ख्य राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् भने अन्य दुई जना पाटन अस्पतालमा छन्।

उपचार सुनिश्चित नगरेसम्म राजमार्ग नखोल्ने चेतावनी प्रदर्शनकारीले दिएका छन्। दुर्घटनामा २ जनाको मृत्यु र करिब ४० जना घाइते भएका थिए। स्थानीयले भने, “घाइतेको उपचार सुनिश्चित नगरिएसम्म आन्दोलन जारी रहनेछ।”




