Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

शेख हसिनाको मुद्दा १७...

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना...

सुनको मूल्य साढे दुई...

काठमाडौँ,२७ कात्तिक । बुधबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ५ हजार ९००...

गृहमन्त्री एमालेको नेता जस्तो...

काठमाडौं,२७ कातिक । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति असन्तोष...

मधेसका मन्त्री नियुक्त भएपनि...

जनकपुर,२७ कातिक । मधेस प्रदेशमा सरोजकुमार यादव नेतृत्वको सरकार गठन भए पनि हाल...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असोज । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।

नेविसंघका अनुसार, भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनका क्रममा तोडफोड, आगजनी र सम्पत्तिमा क्षति पु–याउने घटनामा उनीहरूको संलग्नता रहेको भन्दै काठमाडौं र ललितपुर प्रहरी परिसरमा उजुरी दिइएको हो। उजुरीमा उनीहरूले युवालाई आन्दोलनमा उक्साएको आरोपसमेत लगाइएको छ।

२४ घण्टाभित्र पक्राउ गरी अनुसन्धान अघि बढाउन नेविसंघले माग गर्दै चेतावनी दिएको छ कि यदि माग पूरा नभए कडा आन्दोलनमा उत्रिनेछ। उजुरी नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह द्वारा दर्ता गरिएको हो।

- Advertisement -

यसअघि जेनजी आन्दोलनका क्रममा ‘राज्यद्वारा दमन गरिएको’ भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि उजुरी दर्ता गरिएको थियो। त्यसपछि एमाले निकट अनेरास्ववियुले पनि आन्दोलनकारीविरुद्ध उजुरी दिएको थियो।

ताजा समाचार

थप समाचार