Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, सिडिओ सुवेदीले पहिलो खोप खाएर गरे शुभारम्भ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ असाेज । पर्सा र छिमेकी जिल्ला बारामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले आज असोज २६ गते आइतबारदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेका छन् । उनले खोप खान योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप सेवन गरी आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे ।

गत भदौ ६ गतेदेखि वीरगञ्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

- Advertisement -

स्वास्थ्य कार्यालय पर्साका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५४ हजार जनालाई इयूभिकोल–एस खोप लगाइने छ । खोप १ वर्षमाथिका सबै व्यक्तिलाई दिइने छ । अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ पालिकामा १,९५० खोप केन्द्र स्थापना गरिएको छ । केन्द्रहरूमा स्थानीय पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सामुदायिक र निजी विद्यालय, कलेज, सरकारी कार्यालय, गैरसरकारी संस्था, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग–कलकारखाना समावेश छन् ।

अभियानमा १,५४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३५० जना स्वास्थ्यकर्मी गरी कुल १,८९४ जनशक्ति परिचालन गरिएको छ । ठाकुरले अभियानले हैजाको प्रकोप नियन्त्रण र थप फैलावट रोक्न महत्त्वपूर्ण योगदान दिने बताए । सरकारले पर्सा र बाराका लागि विदेशबाट १० लाख १८ हजार १०० डोज खोप आयात गरेको छ ।

गत भदौ ६ गते बीरगन्जमा पहिलो पटक तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । असोज २१ गतेसम्म पर्सामा २४५ जनामा हैजाको सङ्क्रमण पुष्टि भए पनि सबै उपचारपछि निको भएर घर फर्किसकेका छन् । डेढ महिना बितिसक्दा पनि सङ्क्रमणको स्रोत पत्ता लाग्न सकेको छैन । यद्यपि, हैजाका कारण कसैको मृत्यु भएको छैन ।

खोप अभियानको शुभारम्भमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतम, नेपाल चिकित्सक सङ्घ नारायणी शाखाका अध्यक्ष डा। मनोज कुमार गुप्ता, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्साल, पत्रकार महासङ्घ पर्साका सचिव विजय चौहानलगायतले खोप सेवन गरेका थिए ।

डा.गुप्ताले खोपको कुनै साइड इफेक्ट नभएको र १ वर्षमाथिका सबैले निर्धक्क खोप लिन सक्ने बताए । त्यस्तै डा। गौतमले तिहारअघि नै पर्सा र बाराका सम्पूर्ण लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।आज वीरगञ्ज महानगरपालिकासहित ६ स्थानीय तहमा अभियान सुरु भएको छ, र भोलिदेखि अन्य स्थानीय तहमा पनि सञ्चालन हुने उनले जानकारी दिए ।

छिमेकी बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु हुने छ । बाराका १६ पालिकामध्ये कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरमा अभियान केन्द्रित हुनेछ । हैजा फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) सँग खोप मागेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा अभियान सञ्चालित छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई हप्तापछि ८२ प्रतिशत प्रभावकारी हुने बताए । अभियानले पर्सा र बाराका बासिन्दालाई हैजा र झाडापखालाको जोखिमबाट सुरक्षित राख्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

ताजा समाचार

थप समाचार