spot_img

जनकपुरधाममा जसपा नेपालको मधेश प्रदेश अधिवेशनको तयारी पूरा

spot_img
spot_img

जनकपुर,२६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी असोज २७ र २८ गते जनकपुरधाममा हुने अधिवेशनका लागि प्रदेशभरिबाट प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको पार्टीले जनाएको छ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर यादवले अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक सहभागी हुने जानकारी दिएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले असोज २७ गते अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रदेश अध्यक्ष यादवका अनुसार देशको वर्तमान विषम राजनीतिक परिस्थितिमा हुन लागेको यो अधिवेशन पार्टीका लागि विशेष महत्वको रहेको छ। जसपा नेपालले लामो समयदेखि उठाउँदै आएका प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना, संवैधानिक अदालतको स्थापना, सामाजिक न्याय र भ्रष्टाचार अन्त्यका एजेन्डाहरूलाई अधिवेशनमा प्रमुखताका साथ उठाइनेछ।

उनले जेनजीले समेत अहिले जोडतोडका साथ उठाउन थालेका यी मुद्दाहरू जसपा नेपालले एक दशकदेखि नै अघि सार्दै आएको उल्लेख गरे। अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र केन्द्रीय सदस्य योगेन्द्र राय यादव प्रमुख आकाङ्क्षीका रूपमा देखिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय