Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

प्रतिनिधि सभा विघटनविरुद्ध एमाले...

काठमाडौं,०३ मंसिर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा एमालेले औपचारिक रूपमा...

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,२६ असोज । धनुषाको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई २०८२ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित गरिएको छ।

निरीक्षक यादवले पछिल्लो महिनामा १४ जना फरार प्रतिवादी पक्राउ, हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकसहित रु. १ लाख ४७ हजार भारतीय र रु. ८ लाख ५० हजार नेपाली नगद बरामद गरी कानूनी कारबाही अघि बढाएका थिए।

त्यस्तै, उनले अनलाइन ठगीमा संलग्नहरूलाई पक्राउ गरी पीडितको रकम फिर्ता गराउने, बिदेह नगरपालिका–५ की रामपरी देवी बरही ठाकुरको हत्याका अभियुक्त संगम पासवान पक्राउ गर्ने, र जेनजी आन्दोलनका क्रममा सम्भावित आगजनी तथा लुटपाट रोक्न निर्णायक भूमिका निभाएका थिए।

धार्मिक विवादका घटनामा पनि यादवले सक्रिय भूमिका खेलेका थिए। विशेषगरी जनकपुर–२० रुपैठामा गणेश र दुर्गा मूर्तिसम्बन्धी विवादमा हिन्दु–मुस्लिम समुदायबीचको तनाव नियन्त्रण गरी भिड तितरबितर पार्ने उनको नेतृत्व प्रशंसनीय भएको संगठनले जनाएको छ।

प्रहरी संगठनका अनुसार, यादवले आफ्नो जिम्मेवारी उच्च पेशागत दक्षता, निष्ठा र जिम्मेवारीपूर्वक निर्वाह गरेका कारण उनलाई असोज महिनाको ‘उत्कृष्ट प्रहरी’को रूपमा सम्मान गरिएको हो।

ताजा समाचार

थप समाचार