spot_img

जेनजीबीच गुटबन्दी र खुट्टा तानातान रोक्ने मन्त्री महावीर पुनकाे आग्रह

spot_img
spot_img

काठमाडौं,२६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तामाझ फैलिँदै गएको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति रोक्न आग्रह गरेका छन्। उनले भने, “राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, उल्टै ठूलो नोक्सान हुन्छ।”

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै मन्त्री पुनले देशको विकास र सार्वभौमसत्ताको रक्षा गर्न जेनजी पुस्ताले एकता कायम गर्नुपर्ने उल्लेख गरेका छन्। उनले इतिहासबाट सिक्न आग्रह गर्दै लेखेका छन्, “गुटबन्दी र खुट्टा तानातानले कसलाई फाइदा हुन्छ भन्ने कुरा इतिहासका पानाबाट पनि सिकौं।”

पुनका अनुसार, जेनजी पुस्तामा सुशासन र भ्रष्टाचारविरुद्धको दृढ चाहना रहेको भए पनि त्यसलाई व्यवहारमा उतार्न आन्तरिक एकता अपरिहार्य छ। उनले भने, “तपाईंहरू देशमा परिवर्तन चाहनुहुन्छ, नेपाललाई समृद्ध बनाउन सपना देख्नुहुन्छ, तर त्यो सपना पूरा गर्न एकताको खाँचो छ।”

मन्त्री पुनले अन्त्यमा जेनजीहरूलाई मातृभूमिको अस्तित्वका लागि गुटबन्दी र खुट्टा तानातानको पुरानो इतिहास नदोहराउन विनम्र अनुरोध गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय