Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

जनकपुरका स्वास्थ्यकर्मीले घोषणा गरे आन्दोलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, २७ असोज । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् ।

उनीहरू ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । धनुषा जिल्लाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गरि आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग उनीहरूको छ ।

यस्तै स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क उपचारको व्यवस्था, निजी अस्पतालमा बिदा तथा भत्ता सुविधा, हरेक वर्ष १० प्रतिशत तलब वृद्धि र निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रणालीको माग गरेका छन् । मन्त्रालयबाट पटक(पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरेका छन् । मागहरु पूरा नभए कार्तिक १६ गते आइतबारदेखि मधेश प्रदेशभरका स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने स्वास्थ्यकर्मी नरेश अधिकारीले चेतावनी दिए ।

आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरुको भनाइ छ ।

ताजा समाचार

थप समाचार