spot_img

जेनजी युवाबीचको विवादले राष्ट्रपति सँगको छलफल अनिश्चित

spot_img
spot_img

काठमाडौं, २७ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच सोमबार हुने भनिएको वार्ता अनिश्चित बनेको छ।

शनिबार तय भएको वार्ता राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या आएपछि सोमबारका लागि सारिएको थियो। तर जेनजी युवाहरूबीच नेतृत्व र प्रतिनिधित्वको विषयमा विवाद हुँदा छलफल स्थगित हुन पुगेको हो।

सरकारी स्रोतका अनुसार, शनिबार सरकारले छानेका प्रतिनिधिहरूप्रति केही युवाहरू असन्तुष्ट भई नाराबाजी गरेका थिए। तर कसलाई वार्तामा पठाउने भन्नेबारे सहमति नजुट्दा वार्ता अगाडि बढ्न सकेको छैन।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले पनि जेनजी युवाबीच विवाद नमिल्दा छलफल स्थगित गरिएको पुष्टि गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय