spot_img

छठ नजिकिँदै, डोम समुदाय बाँसका सामग्री बनाउनमा व्यस्त

spot_img
spot_img

जनकपुर,२७ असोज । तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा डोम समुदायका महिला र पुरुष बाँसका सामग्री बनाउने काममा व्यस्त देखिएका छन्।

छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सुपा, डलिया, टोकरी, डालो जस्ता सामग्री प्रयोग हुने भएकाले बजारमा माग ह्वात्तै बढेको छ। यस कारण धनुषा, सिराहा, महोत्तरी, सप्तरी,पर्सा,बारा र रौतहटका विभिन्न स्थानमा समुदायका नागरिक बाँसका सामग्री उत्पादनमा जुटेका छन्।

जनकपुरधाम–६ की ४० वर्षीया दुलारीदेवी मल्लिकले भने, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँसका सामग्री बनाउने चटारो हुन्छ। छठले वर्षकै सबैभन्दा व्यस्त समय ल्याउँछ। पूजा सामग्रीमा बाँसको प्रयोग अनिवार्य छ।”

जनकपुरधाम–७ की नीललम देवीका अनुसार, “छठको समयमा परिवारको मुख्य आम्दानी हुन्छ। महिनामा १५–२० हजारसम्म कमाइ हुने गर्छ।”

तर, परम्परागत बाँसका सामग्री बनाउने सीप संकटमा परेको डोम समुदायको गुनासो छ। नयाँ पुस्ता यो पेशातर्फ आकर्षित नभएको र सस्तो प्लास्टिकका सामग्रीले प्रतिस्पर्धा बढाएको कारण परम्परागत सीप निरन्तरता पाउन कठिन भएको छ।

विशेषज्ञहरूले सीपलाई आधुनिकीकरण र प्रविधिसँग जोड्न आवश्यक रहेको बताउँछन्, जसले परम्परागत पेशा बचाउँदै भविष्यका पुस्ताले पनि यसमा संलग्न हुने वातावरण सिर्जना गर्न सक्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय