spot_img

उदयपुरमा गुडिरहेको कारमा आगलागी

spot_img
spot_img

उदयपुर,२७ असोज । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा एक परिवार ज्यान बचाउन सफल भएको छ।

इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा.९ च.८६६८ नम्बरको फोर्ड भिभो कारमा आगलागी भएपछि सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङका अनुसार चालक प्रेम सेन्चुरी, उनकी श्रीमती अनिता सेन्चुरी  र छोरा आयुष सेन्चुरी  सकुशल छन् भने सात वर्षीय आरोन सेन्चुरी सामान्य रूपमा घाइते भएका छन्। उनलाई उपचारका लागि उदयपुर अस्पतालमा भर्ना गरिएको छ।

आगलागीको कारण प्रारम्भिक रूपमा विद्युत् सर्ट भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय