spot_img

अल्पमतमा परेपछि मुख्यमन्त्री सतिश सिंहको दौडधुप : प्रदेशसभा सदस्यलाई फोन गर्दै ‘सहयोग गर्नुस्’

spot_img
spot_img

जनकपुर,२७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफ्नो पद जोगाउने अन्तिम प्रयासमा जुटेका छन्। आगामी असोज २८ गते विश्वासको मत सामना गर्न लागेका मुख्यमन्त्री सिंहले पछिल्ला दिनमा विभिन्न दलका प्रदेशसभा सदस्यहरूलाई व्यक्तिगत रूपमा फोन गरेर सहयोग मागिरहेका छन्।

स्रोतका अनुसार सिंहले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेश केन्द्रित दलका सांसदहरूसँग सम्पर्क गर्दै, “विश्वासको मतका लागि मलाई साथ दिनुस्” भन्दै अनुरोध गरिरहेका छन्। नेपाली कांग्रेसका एक सांसदले पनि मुख्यमन्त्री सिंहले फोनमार्फत सहयोगको आग्रह गरेको पुष्टि गरेका छन्।

मुख्यमन्त्री सिंहको नेतृत्वको सरकारबाट दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले औपचारिक समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन्। त्यसपछि कांग्रेसको नेतृत्वमा जनमत पार्टीसहितको विपक्षी गठबन्धनले ५८ सदस्यको हस्ताक्षरसहित बहुमत दाबी प्रस्तुत गरिसकेको छ।

यद्यपि, बहुमत गुमाइसकेका मुख्यमन्त्री सिंहले आफूले संवैधानिक रूपमा विश्वासको मत लिने अडान दोहोर्याएका छन्। तर, गणितीय हिसाबले ५४ सदस्य गुमाइसकेकाले आगामी मतदानमा विश्वासको मत हासिल गर्ने सम्भावना न्यून देखिएको छ।

राजनीतिक स्रोतहरूका अनुसार सिंहको अहिलेको मुख्य प्रयास केही स्वतन्त्र र असन्तुष्ट सांसदलाई मनाउनेतर्फ केन्द्रित छ। विपक्षी गठबन्धनले भने सरकार परिवर्तनका लागि आवश्यक संख्या सुनिश्चित भइसकेको दाबी गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय