Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

पर्सामा बालेन र सुदन गुरुङविरुद्ध उजुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ असाेज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङसहित जेन–जी आन्दोलनका अगुवा र समर्थकहरूविरुद्ध राष्ट्रिय युवा सङ्घ पर्साले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

नेकपा (एमाले) निकट युवा सङ्घले मधेस प्रदेशका आठवटै जिल्लामा एकसाथ उजुरी दिने घोषणाअनुसार सोमबार पर्सामा पनि उजुरी बुझाएको हो । युवा सङ्घ पर्साका अध्यक्ष सुवास साहका अनुसार उजुरीमा भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयलगायतका सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र क्षति पुर्‍याउने घटनामा बालेन शाह र सुदन गुरुङको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ ।

सङ्घले दुवैलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ । उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठकलाई हस्तान्तरण गरिएको हो ।

उजुरी दर्ता गर्नु अघि युवा सङ्घले बीरगन्जमा मोटरसाइकल र्‍याली आयोजना गरी शक्ति प्रदर्शन गरेको थियो । जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गर्दै लाल बंगला पुगेर समापन गरिएको थियो ।

युवा सङ्घका नेताहरूले उक्त कदमलाई “राष्ट्रविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनको कठघरामा उभ्याउने अभियान” का रूपमा चित्रण गरेका छन् भने बालेन र सुदन समर्थकहरूले यसलाई “राजनीतिक प्रतिशोध” भन्दै विरोध जनाइरहेका छन् ।

ताजा समाचार

थप समाचार