spot_img

मधेश प्रदेश सरकारबाट लोसपाले पनि समर्थन फिर्ता लियो

spot_img
spot_img

जनकपुर,२७ असोज । मधेश प्रदेश सरकार अल्पमतमा परेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारबाट समर्थन फिर्ता लिएको छ।

मुख्यमन्त्री सिंहले मंगलबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला, लोसपाले आफ्नो समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र मुख्यमन्त्रीको आफ्नै पार्टीले पनि समर्थन फिर्ता लिएर आफ्ना मन्त्री फिर्ता बोलाइसकेका थिए।

लोसपाबाट शिक्षा तथा संस्कृतिमन्त्री बनेकी रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। लोसपा संसदीय दलका नेता जयनुल राइनले प्रदेशसभामा सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक पत्र पठाउने तयारी भइरहेको जानकारी दिएका छन्। उनले भने, “हामी आगामी सरकारमा पनि सहभागी हुने छैनौं। यदि हाम्रो नेतृत्वमा सरकार गठन भयो भने मात्र सहभागी हुनेछौं, नभए प्रतिपक्षमै रहनेछौं।”

प्रदेशसभामा हाल १०५ जना सदस्य छन्। कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायत दलहरूले सरकार गठनको लागि आवश्यक ५४ मतभन्दा बढी—५८ मतको दाबी गर्दै नयाँ सरकार गठन तयारी गरेका छन्।

मुख्यमन्त्री सिंहको अल्पमतमा पर्ने यो परिस्थितिले प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको संकेत दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय