Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

चोरीका ४ मोटरसाइकलसहित सात जना नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राजविराज,२८ असोज । सप्तरी प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्रिएको छ। प्रहरीले विभिन्न स्थानबाट चोरी भएका चारवटा मोटरसाइकलसहित सात जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल हराएको उजुरी परेपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान थालेको थियो। डीएसपी पुरीकै कमाण्डमा खटिएको टोलीले विस्तृत अनुसन्धानपछि चोरीमा संलग्न समूहलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–१५ का अनिल कुमार यादव, राज नारायण यादव, सचिन यादव र गजेन्द्र कुमार यादव, वडा नं। ११ का अजय कुमार यादव, वडा नं. १० का शिवनन्दन यादव तथा उदयपुरको बेलका नगरपालिका–९ का गणेश बहादुर विश्वकर्मा रहेका छन्।

पक्राउ परेकाहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी पुरीका अनुसार पक्राउ परेकाहरूबाट बरामद मोटरसाइकलहरूको वास्तविक मालिक पत्ता लगाउने कार्य पनि जारी रहेको छ।

ताजा समाचार

थप समाचार