Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

बीरगन्जबाट ४ लाखभन्दा बढी हुण्डी रकमसहित युवक पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ असोज । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवकमाथि हुण्डी कारोबारको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार आइतबार दिउँसो करिब १२ बजे बीरगन्ज महानगरपालिका–१०, आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडकमा शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्ने व्यक्ति बीरगन्ज महानगरपालिका–१६ का १९ वर्षीय किशन यादव रहेको पर्सा प्रहरीले जनाएको छ। यादवको शरीर तलासी गर्दा उनले लगाएको सेतो जिन्स पाइन्टको खल्तीमा ५०० दरका ८६८ थान नोट फेला परेका थिए, जसको जम्मा रकम ४ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

- Advertisement -

स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारमा संलग्नता रहेको आशंकामा प्रहरीले बरामद गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीले यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार “हुण्डी कारोबारसम्बन्धी कसुर” मा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको प्रवक्ता डीएसपी लम्सालले जानकारी दिएका छन्।

ताजा समाचार

थप समाचार