Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

बीरगन्जको होटलमा जुवा खेलिरहेका तीन जना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ असोज । पर्सा प्रहरीले बीरगन्जस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको प्रहरी छापामारीमा जुवामा संलग्न व्यक्तिहरूसहित नगद र तासका पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार गएराति करिब ९ः४५ बजे बीरगन्ज महानगरपालिका–१६, फुलवारी टोलमा रोशन रौनियारले सञ्चालन गरेको होटलमा प्रहरीले छापा मारेको थियो।

छापामारीका क्रममा जुवा खेलिरहेको अवस्थामा वीरगन्ज–१६ का २० वर्षीय रोहित रौनियार, ३० वर्षीय श्यामबाबु राय र बीरगन्ज–१५ का २५ वर्षीय अनन्त कुमार गुप्ता पक्राउ परेका छन्।

- Advertisement -

प्रहरीले जुवाखालबाट नगद ५० हजार ७ सय ५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गरिएको प्रवक्ता डीएसपी लम्सालले जानकारी दिएका छन्।

ताजा समाचार

थप समाचार