Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई हस्तान्तरण हुने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ असोज । हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। गाजामा रहेका चार जना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने तयारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार हमासको सैन्य शाखाले सार्वजनिक गरेका चार बन्धकका नाममा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्स रहेका छन्। इजरायली सेनाका अनुसार यी मृतक बन्धकहरूको शव संकलन गर्न अन्तर्राष्ट्रिय रेडक्रस टोली गाजातर्फ गइरहेको छ।

आईडीएफ (इजरायली सेन) र इजरायली गुप्तचर संस्था शिन बेटले जारी गरेको संयुक्त वक्तव्यमा गाजाको दक्षिणी क्षेत्रमा रहेको भेटघाट स्थलमा रेडक्रसलाई शवहरू हस्तान्तरण गरिने उल्लेख गरिएको छ।

- Advertisement -

हमासले आजै थप २० जना जीवित बन्धकहरूलाई पनि मुक्त गरेको छ। इजरायली अधिकारीहरूका अनुसार हालसम्म फिर्ता गरिएका वा पत्ता लागेका मृत बन्धकहरूको संख्या २८ जना पुग्ने अनुमान गरिएको छ।

विपिन जोशी सुदूरपश्चिमको कञ्चनपुर निवासी हुन्। उनी इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलको किबुज अलुमिम क्षेत्रमा आक्रमण गर्दा उनी त्यहाँ रहेका १६ नेपाली विद्यार्थीमध्ये एक थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमासले बन्धक बनाएको पुष्टि भएको थियो।

बन्धक बनेको झण्डै एक महिनापछि, सन् २०२३ नोभेम्बर १७ मा, विपिनलाई गाजास्थित अल शिफा अस्पतालमा ३३ सेकेन्डको एउटा भिडियोमा देखिएको थियो। त्यसपछि उनीबारे कुनै जानकारी सार्वजनिक भएको थिएन। सोमबार इजरायली अधिकारीहरूले विपिन अब जीवित नरहेको जानकारी दिएका छन्।

विपिनको सकुशल उद्धारका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरेको थियो। तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आक्रमणपछिको उद्धार कार्यका लागि २०२३ अक्टोबर १२ मा तेल अविभ पुगेका थिए। त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।

विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले पनि सरकारसँग निरन्तर छोराको उद्धारका लागि आग्रह गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले समेत २०८१ वैशाख ११ गते नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग विपिनको रिहाइका लागि आग्रह गरेका थिए।

विपिनको मृत्युको पुष्टि भएको यो खबरले केवल उनको परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई शोकमग्न बनाएको छ। नेपाल सरकारले विपिनको शव फिर्ता ल्याउनका लागि इजरायल र रेडक्रससँग आवश्यक समन्वय भइरहेको जनाएको छ।

ताजा समाचार

थप समाचार