Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनको क्रममा घाइते भएको ३४ दिनपछि आज पहिलोपटक सार्वजनिक हुँदै छन्। लामो उपचार र विश्रामपछि देउवा आज दिउँसो पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन लागेका हुन्।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरू र सातै प्रदेश सभापतिहरूलाई पनि उपस्थित हुन आह्वान गरिएको छ।

गत महिना जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि बुढानीलकण्ठस्थित निजी निवासमा आक्रमण भएको थियो। सो क्रममा घरमा आगजनीसमेत भएको थियो। त्यसपछि घाइते देउवाको अस्पतालमा उपचार गरिएको र पछिल्ला दिनमा उनी आफन्तको निवासमा आराम गरिरहेका थिए।

देउवा निकट स्रोतका अनुसार, आजको बैठकमार्फत उनले औपचारिक रूपमा पार्टी गतिविधिमा पुनः सहभागिता जनाउनेछन्। केन्द्रीय कार्यसमिति बैठकअघि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ। सो बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुने साझा एजेन्डा तय गर्नेछ।

तर, आगामी मंसिरभित्र पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने मागमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानका कारण संस्थापन पक्षसँग सहमति हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ।

 

ताजा समाचार

थप समाचार