Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

बीरगन्जमा सर्राफको घरबाट २ किलोभन्दा बढी अवैध सुन बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ असोज । राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाले बीरगन्जमा सोमबार अभिषेक सर्राफको घरमा ठूलो परिमाणमा अवैध सुन र चाँदी बरामद गरेको छ। सशस्त्र प्रहरी बल, हे.क्वा. र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले चार घन्टा चलेको छापामारीमा उक्त बरामदगी गरेको हो।

प्रवक्ता सुरज कार्कीका अनुसार, संयुक्त टोलीले मापन गर्दा २ हजार २५४.८६ ग्राम (करीब २.२५ किलो) सुन, १० हजार ३५४.०७ ग्राम (करीब १०.३५ किलो) चाँदी, सुन जस्तो देखिने ५५९.१० ग्राम र चाँदी जस्तो देखिने ५५० ग्राम फेला पारेको छ। त्यस्तै, नगद १ लाख ९ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० बराबरको रकम पनि बरामद भएको छ।

कार्कीले भने, “विशेष सूचनाका आधारमा बीरगन्ज–८ माईस्थानस्थित सर्राफको घरमा छापा मारेका थियौं। बरामद वस्तुहरू आवश्यक कारवाही र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।”

बरामद अवैध सुनबारे सुक्ष्म अनुसन्धान सुरु भइसकेको छ। राजस्व अनुसन्धान कार्यालयले सबै प्रमाणहरू संकलन गरी त्यसअनुसार कडा कानुनी कारबाही अघि बढाउने तयारी गरेको जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार