spot_img

अन्तरिम सरकारले निर्वाचन गराउने तर्फ गम्भीर छैन : उपेन्द्र यादव

spot_img
spot_img

जनकपुर,२८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले फागुन २१ गते हुने भनिएको निर्वाचनको सम्भाव्यतामा शङ्का व्यक्त गरेका छन्। जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष यादवले हालको अन्तरिम सरकार निर्वाचन गराउन सक्ने अवस्था नभएको स्पष्ट पारेका हुन्।

उनले बताए अनुसार, निर्वाचनको लागि ६ महिनाको समयावधि तोकिएको सरकारको एक महिना बितिसकेको छ तर कुनै महत्वपूर्ण कदम नभएको आरोप उनले लगाएका छन्। यादवले राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको भन्दै, “राजा ज्ञानेन्द्रले जस्तै तत्कालीन समयमा निर्वाचन गराए पनि राजनीतिक दलसँगको छलफल बिना वर्तमान सरकारले गराएको निर्वाचन परिणाममुखी नहुने थियो” भनी स्पष्ट पारे।

यादवले संविधान पुनर्लेखनको आवश्यकता औंल्याउँदै सबै दलले स्वीकार गर्नसक्ने संविधान आवश्यक भएको बताए। उनका अनुसार, मध्यावधि निर्वाचन अघि संविधान संशोधन गर्नु जरुरी छ।

अध्यक्ष यादवले सङ्घीयता खारेजीका प्रयासहरू भइरहेका प्रति पनि सचेत गराएका छन्। उनले भने, “यदि कोही सङ्घीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल खेल्न खोज्छन् भने त्यसविरुद्ध जसपा, नेपाल सधैं खडा रहनेछ।”

उनी जेन–जी आन्दोलनको सन्दर्भमा पनि बोल्दै, बहुदलीय व्यवस्थापछि ३५–३६ वर्षमा कांग्रेस र कम्युनिष्ट पार्टीको शासनबाट जनताले अपेक्षित उपलब्धि पाएको नभएको बताए। यादवले राजनीतिक अस्थिरता सिर्जना गर्न सत्ताको खेल खेल्ने यी दलमाथि पनि आरोप लगाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय