Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

प्रतिनिधि सभा विघटन र अन्तरिम सरकारविरुद्ध सर्वोच्चमा रिटको भीड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ असोज । प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार अहिलेसम्म ६ वटा रिट निवेदन दर्ता भइसकेका छन् भने अन्य निवेदन पनि दर्ता प्रक्रियामा छन्।

कोइरालाका अनुसार, “कसैमा सरकार गठनको प्रक्रियामाथि प्रश्न उठाइएको छ, त कसैमा प्रतिनिधि सभा विघटनको वैधानिकता प्रश्नमा आएको छ। एकपछि अर्को रिट निवेदन दर्ता भइरहेका छन्, यसैले सबै मागको स्पष्ट विवरण हाल पक्कै भन्न सकिन्न।”

सर्वोच्च अदालतको कामकारवाही गत भदौमा जेन–जी आन्दोलनका कारण भएको आगजनीबाट प्रभावित भएको थियो। तर, आइतबार बसेको पूर्ण बैठकले रिट निवेदन दर्ता खुला गर्ने निर्णय गरेपछि प्रक्रिया फेरि सुरु भएको हो।

स्रोतका अनुसार, गत भदौ २३–२४ गते जेन–जी युवा आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि जेन–जी युवा प्रतिनिधिको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई असोज २७ गते प्रधानमन्त्री नियुक्त गरिएको थियो। कार्की नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेट पाएको छ।

सर्वोच्चमा दर्ता भइरहेका रिट निवेदनले आगामी राजनीतिक घटनाक्रममा महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।

ताजा समाचार

थप समाचार