spot_img

राष्ट्रिय परिचयपत्र सेवाग्राहीका लागि दैनिक ११ घण्टा सेवा सुरु

spot_img
spot_img

चितवन,२८ असोज । जिल्ला प्रशासन कार्यालय, चितवनले आजदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि दैनिक ११ घण्टा सेवा दिने व्यवस्था गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, सेवा बिहान ७ः०० बजेबाट साँझ ६ः०० बजे सम्म उपलब्ध हुनेछ। यसअघि आवश्यक उपकरणको अभाव र सेवाग्राहीको चापका कारण पूर्ण सेवा दिन कठिनाई भएको बताइएको थियो।

उनले थपे, “राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा पनि सेवा दिन समस्या भइरहेको थियो। अब उपकरण र समयको व्यवस्थासँगै सेवा द्रुत र सहज बनाउने प्रयास गरिएको छ।”

यसले चितवनका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउने काममा सहजता र समयको बचत हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय